बिहिबार, बैशाख १०, २०८३
काभ्रेमा उत्साहजनक रूपमा मतदान सञ्चालन हुदैँ (फोटो फिचर)

काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ को लागि काभ्रेमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, गर्भवतीलेसमेत मतदान गरेका छन् ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्।

मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।

मतदान केन्द्रमा मतदाताहरु :

 

सिफारिस

ताजा समाचार

लोकप्रिय