
काभ्रे : जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थित कात्तिके देउरालीमा रहेको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । मतदान स्थलमा झडप भएपछि मतदान कार्य तत्कालका लागि स्थगित भएको चौँरीदेउराली गाउँपालिकाको निर्वाचन अधिकृत शम्भु कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार दलहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको छ । मतदान प्रक्रिया स्थगित भएर सहमति जुटाउने प्रयास भइरहेको छ । त्यसका लागि सर्वदलीय बैठक बसिरहेको अधिकृत बस्नेतले बताए ।