तेमालको भुमेश्वर मावि मतदान केन्द्रमा झडप : मतदान कार्य स्थगित

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका वडा नं ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्य स्थगित भएको छ । इच्छाइएको व्यक्तिले मतदान गर्ने विषयमा फरक दलका प्रतिनिधिहरूबीच झडप हुँदा प्रहरीले हवाई फायर समेत गरेको थियो ।

स्थिति नियन्त्रणमामा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । यससँगै तेमालमा अहिले मतदान रोकिएको छ ।

त्यस्तै जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं ६ स्थित कात्तिके देउरालीमा रहेको मतदान केन्द्रमा पनि झडप भएपछि मतदान कार्य स्थगित भएको थियो । मतदान प्रक्रिया स्थगित भएर सहमति जुटाउने प्रयास भइरहेको छ । त्यसका लागि सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत शम्भु कुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस