बिहिबार, बैशाख १०, २०८३
काभ्रेको ४ स्थानमा मतदान कार्य स्थगित

काभ्रे : आज बिहानबाट देशभर एकैसाथ सुरु भएको स्थानीय तहको निर्वाचन जारी छ । देशभर कतै शान्तिपूर्ण मतदान कार्य भइरहेको छ भने कतै तनावपूर्ण स्थिती श्रृजना भएको छ । त्यस्तै काभ्रेमा पनि मतदान कार्यमा कतै विवाद भएको छ भने कतै झडप त कतै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरु भएका छन् ।

जसका कारण जिल्लाको विभिन्न पालिकाको ४ वटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । जिल्लाको चौरीदेराली गाउँपालिका वडा नम्बर ६, पाँचखाल नगरपालिकाको वडा नम्बर १३, तेमाल गाउँपालिकाको वडा नम्बर ७ र ९ मा रहेको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार दलहहरुबिचको विवाद, मतपत्र च्यातिएको, एक लौटी मतदान गरेको लगायतका विषयमा विवाद श्रृजना भइ झडप हुदाँ काभ्रेका ४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको हो । मतदान प्रक्रिया स्थगित भएको स्थानमा सहमति जुटाउने प्रयास भइरहेको प्रहरी प्रमुख जोशीले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय