चौरीदेउरालीको प्रभा मावि केन्द्रमा मतदान कार्य पुनः सुचारु
शुक्रबार, बैशाख ३०, २०७९ | १६:३१:५३
काभ्रे : जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं ६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुचारु भएको छ । मतदान स्थगित भएको पाँच घण्टापछि पुनः मतदान सुचारु भएको छ ।
मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो । त्यसक्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो ।
सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ । साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्याइएको छ ।