पाँचखालको श्रीराम मा.वि मतदान केन्द्र बाहेक अन्य ३ स्थानमा मतदान पुनः सुचारु

काभ्रे : मतदान कार्यमा भएको विवाद,  झडप , कतै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरुकै कारण जिल्लाका ४ वटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको थियो ।

जिल्लाको चौरीदेराली गाउँपालिका वडा नम्बर ६, पाँचखाल नगरपालिकाको वडा नम्बर १३, तेमाल गाउँपालिकाको वडा नम्बर ७ र ९ मा रहेको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको थियो ।

मतदान कार्य स्थगित भएको ४ वटा मतदान केन्द्रमध्ये पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा बाहेक अन्य स्थानमा पुनः मतदान कार्य सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको थियो । आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस