स्थानीय तह निर्वाचन : काभ्रेमा ७२.४२ प्रतिशत मत खस्यो

काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ आज सम्पन्न भएको छ । ३ लाख ३ हजार ५६० जना मतदाता रहेको काभ्रे जिल्लामा आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७२.४३ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । काभ्रे जिल्लामा सबैभन्दा बढी बनेपा नगरपालिकामा ७७.८५ र सबैभन्दा कम खानीखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको छ ।

काभ्रेको बनेपा नगरपालिकामा कुल मतदाता संख्या ३७,५८१ को ७७.८५ प्रतिशत मत खसेको छ । यस्तै धुलिखेल नगरपालिकामा कुल मतदाता संख्या २५,५०८ को ७७.७९ प्रतिशत, पनौती नगरपालिकामा कुल मतदाता संख्या ३८,१४५ को ७२ प्रतिशत, पाँचखाल नगरपालिकामा कुल मतदाता संख्या २९,६९७ को ७४.८८ प्रतिशत, मण्डनदेउपुर नगरपालिकामा कुल मतदाता संख्या २८,५३१ को ७५.७५ प्रतिशत र नमोबुद्ध नगरपालिकामा कुल मतदाता संख्या २५,९५२ को ७५.०८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ ।

त्यसैगरी, गाउँपालिकाहरु मध्ये खानीखोला गाउँपालिकामा कुल मतदाता संख्या १०,३०९ को ६५ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा कुल मतदाता संख्या २०,१९१ को ६९.०८ प्रतिशत, तेमाल गाउँपालिकामा कुल मतदाता संख्या २१,१०८ को ६८.७२ प्रतिशत, बेथानचोक गाउँपालिकामा कुल मतदाता संख्या १४,५५१ को ६८.५९ प्रतिशत, भुम्लु गाउँपालिकामा कुल मतदाता संख्या १७,०२४ को ७०.२९ प्रतिशत, महाभारत गाउँपालिकामा कुल मतदाता संख्या १२,४२० को ७५ प्रतिशत र रोशी गाउँपालिकामा कुल मतदाता संख्या २२,५४३ को ७१.५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस