स्थानीय तह निर्वाचन : काभ्रेको ६ वटा पालिकामा मतगणना सुरु

काभ्रे : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणना कार्य सुरु भइसकेको छ । काभ्रेको ६ वटा पालिकामा पनि मतगणना कार्य सुरु भइसकेको छ ।
जिल्लाको धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिकामा मतगणना सुरु भएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पनौतीमा १० बजेबाट सुरु हुने सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नमोबुद्धमा अहिले ८ बजे सर्वदलिय बैठक बसेर मतगणना शुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिकामा ११ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए । अन्य स्थानीय तहले पनि बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरेका छन् ।
निर्वाचन स्थगित भएको पाँचखालमा भने १३ नम्बर वडामा अर्को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना हुनेछ । काभ्रेका १३ स्थानीय तहका ३ लाख ३ हजार ५ सय ६० मतदातामध्ये ७२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक छ ।