धुलिखेलमा स्वतन्त्र उम्मेदवारको सुरुवाती अग्रता
शनिबार, बैशाख ३१, २०७९ | ९:११:४१

काभ्रे : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जिल्लाको ६ वटा पालिकामा मतगणना सुरु भइसकेको छ । जिल्लाको धुलिखेल नगरपालिकामा पनि मतगणना पनि सुरु भइसकेको छ ।
हालसम्मको मतपरिणाम अनुसार धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।
वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार बस्नेतले २८३ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।