
काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकामा स्वतन्त्रम उम्मेदवारको अग्रता कायम रहेको प्राप्त मत परिणामले देखाएको छ । धुलिखेल नगरपालिकाको वडा नं १ को ११ सय मतगणानामा मेयर पदका स्वतन्त्र उम्मेदवार जेब्राबाट उम्मेदवारले भने अग्रता लिइरहेका छन् ।
हालसम्मको प्राप्त मत परिणाम अनुसार ११ सय मतगणनामा मेयर पदमा जेब्राचिन्हका स्वतन्त्र उम्मेदवार विदुर बहादुर बस्नेतले ४ सय ९४ मत प्राप्त गरेका छन् भने सूर्य चिन्हका उम्मेदवार अशोक कुमार ब्याञ्जुले ३ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयर पदमा रुखमा ५ सय २ र सूर्यमा ४ सय १३ मत खसेको छ । वडा अध्यक्षमा रुखमा ५ सय २ र सूर्यमा ३ सय ९८ मत खसेको जानकारी प्राप्त भएको छ ।