बनेपा–१ मा एमाले अग्र स्थानमा

काभ्रे : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै काभ्रेको बनेपा नगरपालिकामा मतगणना सुरु भइसकेको छ । अहिले बनेपा नगरपालिकाको वडा नं १ को मत गणना भइरहेको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार बनेपा नगरपालिकाको वडा नं १ को ५ सय ९३ मतगणनामा नेकपा एमालेले अग्रता लिएको देखिन्छ ।

बनेपा नगरपालिकाको मयेर पदमा सूर्य चिन्हका उम्मेदवार रत्नकुश रंजितकारले २ सय ८३ मत प्राप्त गरेका छन् भने रुख चिन्हका उम्मेदवार शान्ति रत्न शाक्यले २ सय ३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा पनि एमाले नै अग्र स्थानमा रहेको देखिन्छ । उपमेयरमा सूर्य चिन्हमा २ सय ८२ र कलम चिन्हमा १ सय ८७ मत खसेको जानकारी प्राप्त भएको छ । यस्तै वडा अध्यक्षमा पनि एमालले नै अग्रता लिएको छ । जहाँ सूर्य चिन्हमा २ सय ७३ मत र रुख चिन्हमा २ सय ४९ मत खसेको हालसम्मको प्राप्त मत परिणाममा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस