धुलिखेल–१ को वडा अध्यक्षमा काँग्रेसबाट सन्त बहादुर लामा बिजयी

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको वडा नं १ को मत गणना सम्पन्न भइसकेको छ । जहाँ गठबन्धनतर्फ नेपाली काँग्रेसबाट नगरको वडा नं १ मा सन्त बहादुर लामा बिजयी भएका छन् । उनी १ सय ६ मत अन्तरले बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदका लागि रुखमा ५ सय ७३ मत खसेको थियो भने सूर्य चिन्हमा ४ सय ६७ मत खसेको थियो ।

त्यस्तै धुलिखेलमा मेयर पदका स्वतन्त्र उम्मेदवार विदुर बहादुर बस्नेतको अग्रता कायमै रहेको छ । नगरको वडा नं १ मा १२ सय ६९ मत गणना हुदाँ मेयर पदका जेब्रा चिन्हको स्वतन्त्र उम्मेदवारले ५ सय ७२ सूर्य चिन्हका उम्मेदवार ४ सय ६७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनतर्फ रुख चिन्हका उम्मेदवारले ५ सय ८७ मत ल्याएका छन् भने सूर्य चिन्हका उम्मेदवारले ४ सय ८२ मतले ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस