बनेपा–२ मा गठबन्धनको अग्रता

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं २ को मतगणना सुरु भएको छ । हालसम्मको मत परिणाम अनुसार नगरपालिकाको वडा न. २ को १ सय २ मत गणना हुदाँ नगरमा गठबन्धनले अग्रता लिएको देखिन्छ ।
नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसतर्फबाट रुख चिन्हको उम्मेदवार शान्ति रत्न शाक्यले ५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको सूर्य चिन्हका उम्मेदवार रत्नकुश रंजितकारले ३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयर पदमा पनि गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादको कलम चिन्हका उम्मेदवार रघुबर चौ प्रधान अग्र स्थानमा छन् । उनले ५४ मत प्राप्त गरेका छन् भने सूर्य चिन्हका उम्मेदवार बिमला सापकोटा दाहालले ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा अध्यक्षतर्फ पनि नेपाली काँग्रेसले नै अग्रता लिएको देखिन्छ । जहाँ रुख चिन्हका उम्मेवारले ६६ मत प्राप्त गरेका छन् भने सूर्य चिन्हका उम्मेदवारले ३६ मत प्राप्त गरेका छन् ।