
काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को पछिल्लो मत परिणाम अनुसार बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धको अग्रता कायम नै छ ।
गाउँपालिकाको वडा नं १ मा ७ सय मत गणना हुदाँ पालिकाका अध्यक्ष पदमा गठबन्धनतर्फका नेपालीका काँग्रेसका रुख चिन्हका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनतर्फ काँग्रेसका उम्मेदवारले ३ सय ३६ मत ल्याएका छन् भने नेकपा एमालेका सूर्य चिन्हका उम्मेदवारले २ सय ९० मत ल्याएका छन् ।
यता उपाध्यक्ष र वडा अध्यक्ष पदमा पनि एमालेको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवारले २ सय ९५ मत ल्याएकी छिन् भने गठबन्धनतर्फ माओवादीका उम्मेदवारले २ सय ९२ मत ल्याएकी छिन् ।
यता वडा अध्यक्षतर्फ भने नेकपा एमालेले अग्रता लिएको छ । वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले ३ सय ६५ मत ल्याएका छन् भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले ३ सय १४ मत ल्याएका छन् ।