मण्डनदेउपुर–१ मा नगर प्रमुखमा गठबन्धन, उप–प्रमुख र वडा अध्यक्षमा एमालेको अग्रता

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं १ को मत गणना कार्य जारी छ । वडा नं १ को ५ सय ५० मत गणना हुदाँ नगर प्रमुखतर्फ गठबन्धन अग्र स्थानमा रहेको देखिन्छ ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदका लागि गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवारले २ सय ३१ मत पाएका छन् भने एमालेका उम्मेदवारले २ सय १३ मत पाएका छन् ।

यता उपमेयर पदका लागि भने एमाले अग्र स्थानमा रहेको छ । जहाँ एमालेका उम्मेदवारले २ सय २२ मत पाएका छन् भने गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवारले २ सय १० मत पाएका छन् ।

वडा अध्यक्ष पदमा पनि एमालेकै अग्रता देखिन्छ । वडा अध्यक्ष पदमा एमालेका उम्मेदवारले २ सय १२ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले १ सय ६५ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ८४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस