रोशी–१ मा एमाले अग्र स्थानमा
शनिबार, बैशाख ३१, २०७९ | १७:४६:२४
काभ्रे : जिल्लाको रोशी गाउँपालिका वडा नं १ मा मत गणना कार्य जारी छ । वडा नं १ को ५० मत गणना हुदाँ नेकपा एमाले अग्र स्थानमा रहेको छ । गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले २६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसले १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा पनि एमालेकै अग्रता रहेको छ । एमालेका उम्मेदवारले २७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवारले १० मत मात्र प्राप्त गरेका छन् । यता वडा अध्यक्ष पदमा पनि एमाले नै शिर्ष स्थानमा रहेको छ । जहाँ एमालेका उम्मेदवारले २५ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले १८ मत पाएका छन् ।