प्रति लिटर १० रुपैँयाले बढ्यो पेट्रोल र डिजेलकोे मूल्य

काठमाडौँ : पेट्रोल र डिजेलकोे मूल्यमा १० रुपैँया बृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

चुनाव लगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस