काभ्रेको तेमाल र बेथानचोक गाउँपालिकामा मतगणना स्थगित

काभ्रे : काभ्रेको दुई पालिकामा मतगणना कार्य स्थगित भएको छ । जिल्लाको तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकामा मतगणना स्थगित भएको हो ।

मतगणनामा धाँधली भयो भन्दै मतगणना स्थलमा चर्को नाराबाजी भएसँगै जिल्लाको बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकाको मतगणना स्थगित भएको हो ।सर्वदलीय बैठकपछि मात्रै दुवै पालिकामा मत गणना पुनः सुचारु हुने जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस