बेथानचोकमा अझै सुरु भएन स्थगित भएको मत गणना : सर्वदलिय बैठक जारी

काभ्रे : मतगणनामा धाँधली भएको विषयलाई काभ्रेको बेथानचोक गाउँपालिकाको मतगणना कार्य स्थगित भएको थियो । स्थगित भएको मत गणना अझै सुरु भएको छैन । बेथानचोकको अहिले ढुंखर्कमा सर्वदलिय बैठक बसीरहेको छ ।

शनिबार रातीदेखि बेथानचोक गाउँपालिकामा मतगणना स्थगित भएको थियो ।  नेकपा एमालेका कार्यकर्ताहरूले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना स्थलमा चर्को नाराबाजी गरेका थिए ।

त्यस्तै जिल्लको तेमाल गाउँपालिकाको मतगणना स्थगित भएको थियो । सर्वदलीय बैठकपछि तेमालमा आज बिहानबाट मतगणना कार्य पुनःसुचारु भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस