बेथानचोकमा ४ : ३० बाट मतगणना सुरु हुने : वडा नं ६ बाट मत गाणना गरिने
आइतबार, जेठ ०१, २०७९ | १६:३६:३५

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा जारी रहेको सर्वदलीय बैठक सम्पन्न भएको छ । हिजो शनिबारबाट स्थगित भएको मतगणना आज अपरान्ह ४ : ३० बजेबाट सुरु गर्ने बैठकले निर्णय गरेको छ । बैठकले गाउँपालिकाको वडा नं ६ बाट मतगणना गर्ने निर्णय गरेको छ ।
वडा नं १ बाट आएको अन्तिम मत परिणाममा असन्तुष्ट जनाउँदै गरिएको विरोधका कारण गाउँपालिकाको मतगणना स्थगित भएको थियो ।