
काभ्रे : जिल्लाको १३ वटा स्थानीय तहमध्ये पाँचखाल नगरपालिका बाहेक १२ वटै पालिकाको मत गणना कार्य जारी छ । १३ स्थानीय तहका १३५ वटा वडामध्ये २२ वटा वडामा मत गणना कार्य सम्पन्न भएको छ ।
मतगणना सम्पन्न भएको २२ वटा वडामध्ये नेकपा एमालेले ९ वटा वडा, नेपाली काँग्रेसले ९ वटा वडा, माओवादी केन्द्रले ३ वटा वडा र स्वतन्त्र उम्मेदवारले १ वटा वडामा जित हासिल गरेको छ ।
पछिल्लो नतिजा अनुसार जिल्लाको रोशी गाउँपालिका–१, धुलिखेल नगरपालिकाको वडा नं २ र ३, मण्डनदेउपुर नगरपालिका–१, चौरीदेउराली गाउँपालिका–२, बनेपा नगरपालिका–१ , भुम्लु गाउँपालिका ३ र ४, पनौतीको वडा नम्बर २ मा वडा अध्यक्षमा नेकपा एमाले बिजयी भएको छ ।
जिल्लाको बेथानचोक गाउँपालिका–१, भुम्लु गाउँपालिका–२, महाभारत गाउँपालिका–२, धुलिखेल नगरपालिकाको वडा नं १ र ४, चौरीदेउराली गाउँपालिका–१, मण्डनदेउपुर नगरपालिका–२, बनेपा नगरपालिका–२, र खानीखोला गाउँपालिका–२ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यस्तै, जिल्लाको खानीखोला गाउँपालिका–१, महाभारत गाउँपालिका–१ र भुम्लु गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । जिल्लाको नमोबुद्ध नगरपालिकाको वडा नं १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।