नमोबुद्द-३ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट रमेश तिवारीको बिजयी

काभ्रे : जिल्लाको नमोबुद्द नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

नगरपालिकाको वडा नं ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रमेश तिवारी बिजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रोहिनी अधिकारीलाई ४४९ मतले हराउँदै तिवारी बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदमा नेपाली काँग्रसका उम्मेदवार तिवारीले ९ सय ४२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अधिकारीले ४ सय ९३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस