
काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ६ मा मतगणना जारी छ । वडा नं ६ मा गठबन्धनतर्फ नेपाली काँग्रेसले अग्रता लिइरहेको छ ।
वडा नं ६ मा ९ सय मत गणना हुदाँ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । वडा नं ६ मा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ४ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले २ सय १२ मात्र मत प्राप्त गरेका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षतर्फ पनि गठबन्धनकै अग्रता रहेको छ । माओवादी केन्द्रको उम्मेदवारले ८ सय १६ मत पाएकी छिन् भने नेकपा एमालेका उम्मेदवारले ७ सय १ मत पाएकी छिन् ।
त्यस्तै वडा अध्यक्षतर्फ पनि नेपाली काँग्रेसका उम्मेदवार अग्र स्थानमा रहेका छन् । नेपाली काँग्रेसका उम्मेदवार विष्णु तामाङले ३ सय ९,नेकपा एमालेका उम्मेदवार सुन्दर थापा मगरले १ सय ८६ र माओवादी केन्द्रका उम्मेदवार पौमराम जर्गा मगरले २ सय ७० मत पाएका छन् ।