
काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ६ मा मतगणना जारी छ । वडा नं ६ मा ५ सय मत गणना हुदाँ नगरको उप–प्रमुख र वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै नगर प्रमुखमा एमालेको अग्रता छ ।
वडा नं ६ मा नगरपालिकाको प्रमुखमा नेकपा उम्मेदवारले २ सय ३८ मत प्राप्त गरेका छन्, गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवारले २ सय ६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले २७ मत मात्र पाएका छन् ।
त्यस्तै नगरको उप–प्रमुखमा गठबन्धनको अग्रता रहेको छ । नेपाली काँग्रेसका उम्मेदवारले १ सय ७० मत पाएका छन् भने एमालेका उम्मेदवारले १ सय ५२ मत मात्र पाएकी छिन् ।
त्यस्तै वडा अध्यक्षतर्फ पनि नेपाली काँग्रेसका उम्मेदवार अग्र स्थानमा रहेका छन् । नेपाली काँग्रेसका उम्मेदवारले ३ सय १४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले १ सय ४८ मत प्राप्त गरेका छन् ।