
काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न : कुन वडामा कसको जित ?

काभ्रे : जिल्लाको १३ वटा स्थानीय तहको निर्वाचनको मतगणना कार्य जारी छ । पाँचखाल नगरपालिका बाहेक १२ वटा स्थानीय तहको मत गणना भइरहेको छ । हालसम्मको प्राप्त विवरण अनुसार जिल्लामा ३७ वटा वडामा मतगणना सम्पन्न भइसकेको छ ।
हालसम्मको नतिजा अनुसार कांग्रेसले १८ वटा वडा अध्यक्षको सिटमा बाजी मार्दै अग्र स्थानमा रहेको छ। एमालेले १८ वटा वडामा अध्यक्ष पदमा विजयी हुदै दोश्रो स्थानमा रहेको छ। नेकपा माओवादी केन्द्रले ४ वटा वडामा अध्यक्ष जितेको छ। एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।
नेकपा एमालेले जिल्लाको धुलिखेल नगरपालिकाको वडा नम्बर २, ३ र ५, बनेपा नगरपालिकाको वडा नं १ र ४, पनौती २, मण्डनदेउपुर नगरपालिकाको वडा नं १ र ४, भुम्लु गाउँपालिकाको ३, ४ र ६, रोशी गाउँपालिकाको वडा नं १, तेमाल गाउँपालिकाको वडा नं १ र चौंरीदेउराली गाउँपालिकाको वडा नं २ मा वडा अध्यक्ष पदमा जित हासिल गरेको छ ।
त्यस्तै कांग्रेसको तर्फबाट पनौती वडा नं १, बनेपा वडा नं २ र ३, धुलिखेल वडा नं १ र ४, मण्डनदेउपुर २ र ३, भुम्लु २ र ५, बेथानचोक १, चौंरीदेउराली १, तेमाल १, नमोबुद्ध २ र ३, महाभारत २ र ३, रोशी २ र १२, खानीखोला २ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ४ वटा वडामा अध्यक्ष जितेको छ। माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १, चौंरीदेउराली १ मा वडा अध्यक्ष जितेको छ।
नमोबुद्ध वडा नम्बर १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ वडा अध्यक्षमा विजय हासिल गरेका छन् ।