धुलिखेल–६ मा नेपाली काँग्रेसका संजय भारी मतले बिजयी
सोमबार, जेठ ०२, २०७९ | १२:४०:३९

काभ्रे : जिल्लाको धुलिखेलल नगरपालिका वडा नं ६मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । वडा नं ६मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ ।
नगरको वडा नं ६मा नेपाली काँग्रेसका उम्मेदवार संजय कोजु श्रेष्ठ भारी मतले बिजयी भएका छन् । कोजुले एमालेका उम्मेदवार आनन्द सागर योगललाई ५ सय १९ मत हराएका हुन् ।
वडा अध्यक्षमा पदमा नेपाली काँग्रेसका उम्मेदवार संजयले १ हजार ३० मत ल्याएका छन् भने उनका प्रत्यासी एमालेका उम्मेदवार श्रेष्ठले ५ सय ११ मत ल्याएका छन् ।