बिहिबार, बैशाख १०, २०८३
पाँचखाल–१३ को श्रीराम मा.वि मतदान केन्द्रमा मतदान सुरु

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । वैशाख ३० गते स्थगित भएको चुनाव आज बिहान ७ बजेबाट सुरु भएको हो ।

वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् ।

स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय