बनेपा–९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नृपेश बादे बिजयी

काभ्रे :  जिल्लाको बनेपा नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । वडा नं ९ मा काँग्रेसको प्यानल नै विजयी भएको हो ।

नगरपालिकाको वडा नं ९ मा नेपाली काँग्रेसका उम्मेदवार नृपेश बादे बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार विक्रमल प्रजापतिलाई २ सय ६६ मतले हराएका हुन् ।

वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार बादेलाई १२ सय मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रजापतिलाई ९ सय ३४ मत प्राप्त भएको छ ।

नेपाली काँग्रेसले बनेपा नगरपालिकामा वडा नं ९ सहित थप २ वडामा जित हासिल गरेको छ । बनेपा नगरपालिकाको वडा नं २ र ३ मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस