काभ्रेकै पहिलो महिला वडा अध्यक्ष बनिन् शुभ लक्ष्मी मानन्धर
काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । नगरपालिकाको वडा नं ८ मा नेपाली काँग्रेसकी उम्मेदवार शुभलक्ष्मी मानन्धरले जित हासिल गरेकी छिन् ।
उनले एमालेका श्यामकाजी मानन्धरलाई ३९९ सय मतले पराजित गदै विजय भएकी हुन् । मानन्धर जिल्लामा एक मात्रै महिला वडा अध्यक्ष निर्वाचित भएकी हुन् । यहि बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली काग्रेस बाट वडा नं.८ उम्मेदवारी दिएकी शुभलक्ष्मीले एमालेका श्यामकाजी मानन्धरलाई पराजित गदै उनले वडा नं.८ को वडा अध्यक्षमा विजय भएकी छन् ।
कुल २८५२ मत खसेकोमा शुभलक्ष्मीले १४४५ मत प्राप्त गरिन् भने उनका प्रतिद्धन्द्धी श्यामकाजीले १०४६ मत प्राप्त गरेका थिए । उनीसगै वडा सदस्य स्वयमकाजी पोटे, योगेश्वर कायस्थ, महिला सदस्य कमल शोभा (रंजित) प्रजापती र दलित महिदा सदस्यमा अम्बिका भुसाल (दर्जी ) सबै टिम नै विजय भएको छ ।
योसँगै बनेपा नगरपालिका नेपाली काँग्रेसले ४ वटा वडामा जित हासिल गरेको छ । नगरपालिकाको वडा नं २, ३ ८ र ९ मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।