
काभ्रे : जिल्लामा अहिले स्थानीय तह निर्वाचनको मतगणना कार्य जारी छ । जिल्लाको १३ वटा पालिकाको १ सय ३५ वटामध्ये ७८ वटा वडाको मतगाणना कार्य सम्पन्न भइसकेको छ । त्यस्तै जिल्लाको भुम्लु गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ ।
हालसम्म प्राप्त मतपरिणामको विवरण अनुसार मत गणना सम्पन्न भएको ७८ वटा वडामध्ये ३२ वटा वडामा नेपाली काँग्रेसले जितेको छ भने नेकपा एमालेले २८ वटा वडा जितेको छ । त्यस्तै नेकपा माओवादीले १३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ वटा र स्वतन्त्र उम्मेदवारले २ वटा वडामा जित हासिल गरेको छ ।
हालसम्मको प्राप्त मत गणनाको विवरण यस्तो छ :
बनेपा नगरपालिका
नेपाली काँग्रेस : वडा नं २ र ३,७, ८ र ९
नेकपा एमाले : वडा नं १, ४ र ५, १०
नेकपा एकीकृत समाजवादी : वडा नं ६
धुलिखेल नगरपालिका
नेपाली काङ्ग्रेस : वडा नं १, ४, ६, ८
नेकपा एमाले : वडा नं २, ३ र ५
राष्ट्रिय प्रजातन्त्र पार्टी : वडा नं ७
पनौती नगरपालिका
नेपाली काँग्रेस : वडा नं १, ५्
नेकपा एमाले : वडा नं २, ३ ,४,६
नमोबुद्ध नगरपालिका
नेपाली काँग्रेस : वडा नं २,३,५ र ६
नेकपा एमाले : वडा नं ४, ८
स्वतन्त्र उम्मेदवार : वडा नं १
नेकपा माओवादी : ७
मण्डनदेउपुर नगरपालिका
नेपाली काँग्रेस : वडा नं २,३ र ६
नेकपा एमाले : वडा नं १,४ ,५, ८
नेकपा माओवादी : ७
बेथानचोक गाउँपालिका
नेपाली काँग्रेस : वडा नं १ र ६
स्वतन्त्र उम्मेदवार :वडा नं ५
खानीखोला गाउँपालिका
नेपाली काँग्रेस : वडा नं २
नेकपा माओवादी : वडा नं १, ३, ४ र ५
रोशी गाउँपालिका
नेपाली काँग्रेस : वडा नं २, १०, ११, र १२
नेकपा एमाले : वडा नं १ ,३,४
महाभारत गाउँपालिका
नेपाली काँग्रेस : वडा नं २ र ३
नेकपा माओवादी : वडा नं १ र ४
तेमाल गाउँपालिका
नेपाली काँग्रेस : वडा नं ३
नेकपा एमाले : वडा नं १,,४
नेकपा माओवादी : वडा नं २
भुम्लु गाउँपालिका
नेपाली काँग्रेस : वडा नं २, ५ र ९
नेकपा एमाले : वडा नं ३, ४ , ६, ७ र १०
नेकपा माओवादी : वडा नं १
नेकपा एकीकृत समाजवादी : वडा नं ८
चौरीदेउराली गाउँपालिका
नेपाली काँग्रेस : वडा नं १
नेकपा एमाले : वडा नं २
नेकपा माओवादी : वडा नं ३, ४ र ५