काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको स्थगित भएको मत गणना अझै सुरु हुन सकेको छैन । धुलिखेल नगरपालिका वडा नं १ देखि ८ सम्मको मतगणना सकिए पनि थप गणना गर्ने क्रममा केही विवाद आएपछि मंगलबार साझ ५ बजेदेखि मतगणना रोकिएको थियो ।
धुलिखेल वडा नं १ देखि ८ सम्मको मतगणना सकिए पनि थप गणना गर्ने क्रममा केही विवाद आएपछि निर्वाचन आयोगलाई पत्र लेखेर मतगणना रोकिएको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिए। उनका अनुसार आयोगलाई पत्र काटेपछि उताबाट जे निर्णय आउँछ त्यसअनुसार अघि बढ्नेछ ।
मतगणना सुचारुका लागि बिहान सर्वदलीय बैठक बोलाए पनि अहिलेसम्म बैठक सुरु भएको छैन।



















