बनेपा–१० र ११ मा एमालेको प्यानल नै बिजयी

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाको वडा नं १० र ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्का बिजयी भएका छन् । खड्काले नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र विष्टलाई २ सय ७० मतले पराजित गरेका हुन् ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्काले ११ सय २९ मत ल्याएका थिए भने नेपाली काँग्रेसका उम्मेदवार विष्टले ८ सय ८९ मत ल्याएका थिए ।

त्यस्तै बनेपा नगपालिका वडा नं ११ मा पनि एमालेले जित हासिल गरेको छ । वडा नं ११ मा नेकपा एमालेका उम्मेदवार शिज कुमार थापा बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मदेवारलाई २ सय ३५ मतले पराजित गरेका हुन् ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई ६ सय ६६ मत प्राप्त भएको थियो भने नेपाली काँग्रेसका उम्मेदवारलाई ४ सय ३१ मत प्राप्त भएको थियो ।

योसँगै बनेपा नगरपालिकामा नेकपा एमाले ५ वटा वडामा जित हासिल गरेको छ । नगरपालिकाको वडा नं १, ४, ५, १० र ११ मा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस