खानीखोलाको अध्यक्षमा माओवादीका इन्द्रबहादुर, उपाध्यक्षमा कांग्रेसका दोर्जेमान बिजयी
काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकमा स्थानीय तह निर्वाचनको मत गणना कार्य सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा बिजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए। अध्यक्षमा थिङ्ले १३३० मतअन्तर ले जितेका हुन् ।
पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे । जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।
७ वटा वडा रहेको खानीखोला गाउँ पालिकामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हाँसिल गरेका छन् ।
योसँगै जिल्लाको दुई पालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा गठबन्धनको जित भएको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।