तेमाल–५ मा माओवादीको जित : वडा अध्यक्षमा हजार सिं तामाङ बिजयी

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ । गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका उम्मेदवार हजार सिं तामाङ बिजयी भएका हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवारलाई ३ सय ९२ मत र नेकपा एमालेका उम्मेदवारलाई ८ सय ७१ मतले पराजित गरेका हुन् ।

वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई १२ सय १७ मत प्राप्त भएको थियो भने नेपाली काँग्रेसका उम्मेदवारलाई ८ सय २५ मत प्राप्त भएको थियो । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई ३ सय ४६ मत प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस