पूर्वमन्त्री बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनको जित 

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिका एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर हो । पूर्वमन्त्री बास्कोटाको गृहनगरमा गठबन्धनले जित हासिल गरेको छ ।

नगरको प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा विजयी भए । वाइवाले उनका प्रतिद्वन्दीएमालेका विदुर सापकोटलाई १ हजार ५५ मतले हराएका हुन् । नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८३५१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । नेपालले उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतले पराजित गरेका हुन् । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याएकी छिन्।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेको छ भने एक जना माओवादी केन्द्रले जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस