
काभ्रे : जिल्लाको तेमाल गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट चन्द्र लामा बिजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकर बिजयी भएका छन् ।
लामाले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई ११ सय ७८ मतले हराएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार लामाले ७०७८ मत ल्याएर निर्वाचित भएका छन् भने प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार इन्द्र लामाले ५९०० मतले ल्याएको छ ।
उपाध्यक्षमा गठबन्धनबाट दलमान थोकरले उनका प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार समतेन लामालाई १६ सय ८८ मतले हराएका हुन् । लामाले ६६६० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्दी नेकपा (एमाले) को समतेन लामाले ४९७२ मत ल्याएकी छिन् ।