रोशीमा गठबन्धनको जित : अध्यक्षमा काँग्रेसबाट दिनेश, उपाध्यक्षमा माओवादीबाट मिमबहादुर

काभ्रे : जिल्लाको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा रउपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारमिमबहादुर वाइबा विजयी भएका छन ।
गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दिनेश लामाले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई देवसागर लामालाई ११७६ मतले पराजित गरेका हुन् । काँग्रेसका उम्मदेवार दिनेश लामाले ७५३४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार देव सागर लामाले ६३५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबाले ७ सय २९ मतले नेकपा एमालेका उम्मेदवार बबिता बोहोरालाई ७ सय २९ मतले पराजित गरेकी हुन् । काँग्रेसका उम्मेदवार लामाले ६६७२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बबिता बोहोराले ५९४३ मत प्राप्त गरेकी छिन् ।