बिहिबार, माघ २९, २०८२
धुलिखेल-११ मा एमालेको प्यानल नै बिजयी : वडा अध्यक्षमा नारायण प्रसाद बडाल

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकामा वडा नं ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं १२ को वडा अध्यक्षमा नारायण प्रसाद बडाल बिजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवारलाई ४ सय ४९ , नेकपा माओवादीका उम्मेदवारलाई ७ सय ४८ र स्वतन्त्र उम्मेदवारलाई १ हजार ४० मतले पराजित गरेका हुन् ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार बडालले ११२७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका सुन्दर बिक्रम साँगालि ६७८, माओवादी केन्द्रका वासुदेव उपाध्याय ३७९ र स्वतन्त्र तर्फका आनन्द प्याकुरेलले ८७ मत ल्याएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय