बागमती प्रदेश सरकारद्वारा १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस
शुक्रबार, जेठ ०६, २०७९ | १५:१२:५०
काठमाडौँ : १३ जेठमा बजेट अधिवेशनको आह्वान गर्न बागमती प्रदेश सरकारले सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ।
साथै बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले जानकारी दिए।