टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु

दाङ : दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ हर्नेटीमा बिहिबार साँझ ६ बजे टिप्परले ठक्कर दिदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अन्ुसार सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको मत्युपछि मृतकका आफन्तले कपुरकोट–तुलसीपुर सडकखण्डमा टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।

दोषीलाई कार्बाही नहुँदासम्म र पिडितका आफन्तले क्षतिपूर्ति नपाउँदासम्म टिप्पर सञ्चालन गर्न नदिने मृतक परिवारको माग छ । राप्ती प्रादेशिक अस्पतालमा शबको पोष्टमार्टम अझै हुन सकेको छैन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस