धुलिखेलको प्रमुखमा एमालेबाट अशोक र उप-प्रमुखमा काङ्ग्रेसबाट निराजन बिजयी

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट अशोक कुमार ब्याञ्जु र उप-प्रमुखमा नेपाली काङ्ग्रेसबाट निराजन जंगम बिजयी भएका छन् ।

नगर प्रमुखमा ब्याञ्जुले उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९ सय ४० मतले हराएका हुन् ।
नगर प्रमुखमा ब्याञ्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नगरपालिकाको उप-प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार निराजन जंगमले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार लाल तारा अधिकारीलाई १ सय २० मतले हराएका हुन् ।

निराजनले ७ हजार ९ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी लाल तारा अधिकारीले ७ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस