महाभारतको अध्यक्षमा माओवादीबाट जिम्बा र उपाध्यक्षमा कांग्रेसबाट मोक्तान निर्वाचित

काभ्रे : जिल्लाको महाभारत गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छा लाल जिम्बा र उपाध्यक्षाम नेपाली काँगेसबाट सागर मोक्तान निर्वाचित भएका छन् ।

गाउँपालिकाबमे अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जिम्बाले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वाईवालाई १ हजार ६९६ बढी मतले पारजित गरेका हुन् । जिम्बाले ४ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् भने पूर्ण बहादुरले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्‍यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् । मोक्तानले उपाध्‍यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे । रानामगरले १ हजार ५३० मात्र मत ल्याएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस