बिहिबार, बैशाख १०, २०८३
पाँचखाल–६ मा नेकपा (एस) को प्यानल नै विजय : वडा अध्यक्षमा दुलाल

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा नेकपा (एस) एकीकृत समाजवादीको प्यानल नै जियी भएको छ । नगरपालिकाको वडा नं ६ मा नेकपा समाजवादीका उम्मेदवार रामशरण दुलालले भारिमतका साथ पुरै प्यानल नै विजयी भएको हो ।

दुलालले आफ्नो निकटस्थ प्रतिस्पर्धी नेकपा एमाले तर्फका उम्मेदवार बरुण ढुंगानालाई ९ सय २८ मतले पराजित गरेका हुन् । वडा अध्यक्ष पदमा नेकपा (एस)का उम्मेदवार दुलालले १३ सय ८२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार ढुंगानाले ४५४ मत मात्र पाएका छन् ।

त्यसैगरी निर्वाचित सदस्यहरुमा महिला सदस्य कल्पना ढुंगाना १४४० मत प्राप्त, दलित महिला सदस्य मञ्जु कोईराला १३८२ मत प्राप्त, सदस्य मछिन्द्र श्रेष्ठ १३१२ मत प्राप्त र सदस्य सुक्रमायाँ दनुवारले १२७४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय