काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ७ र ८ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस तर्फको उम्मेदवार रामशरण दंगालले नेकपा एमालेको उम्मेदवार (नि—वर्तमान वडा अध्यक्ष) पुष्कर ढकाललाई २ सय १३ मतले पछाडी पार्दै वडा अध्यक्षमा दंगालको पुरै टिम निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार दंगालले ६ सय ९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ढकालले ४ सय ८३ मत मात्र पाएका छन् ।
त्यस्तै पाँचखाल नगरपालिकाको वडा नं ८ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नगरपालिकाको वडा नं ८ मा नेपाली काँग्रेसका उम्मेदवार संजय लामा भारी मतले विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवारलाई ९ सय ४१ मतले पराजित गरेका हुन् ।
वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारले ११ सय ५८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले २ सय १७ मत पाएका छन् ।



















