काभ्रेको १२ स्थानीय तहमा मत गणना सम्पन्न : कुन पालिकामा कसको जित ?

काभ्रे : काभ्रेको १३ स्थानीय तहमध्ये १२ वटा पालिकामा मत गणना कार्य सम्पन्न भइसकेको छ । जिल्लाको पाँचखाल नगरपालिकामा मात्रै मत गणना जारी छ ।

बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, चौँरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिकाको मत गणना कार्य सम्पन्न भइसकेको छ ।

मत गणना सम्पन्न भइसकेको अधिकांश स्थानीय तहको प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा गठबन्धनले जित हासिल गरेको छ । जिल्लाको धुलिखेल नगरपालिकाको प्रमुखमा र बनेपा नगरपालिका र पनौती नगरपालिकाको उप–प्रमुखमा मात्रै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

काभ्रेको १२ वटा स्थानीय तहमा कहाँ कसको जित हेर्नुहोस् :

१) बनेपा नगरपालिका
प्रमुख 

शान्ति रत्न शाक्य (निर्वाचित) – नेपाली कांग्रेस, १३७९३
रत्नकुश रंजितकार (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११८३५
उपप्रमुख
विमला सापकोटा दाहाल (निर्वाचित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११९९२
रगुबर चौ प्रधान (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), १०५१५खानीखोला,

२) धुलिखेल नगरपालिका
प्रमुख

अशोक कुमार ब्याञ्जु श्रेष्ठ (निर्वाचित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
विदुरबहादुर बस्नेत (पराजित) -स्वतन्त्र, ७४११
उपप्रमुख
निराजन जंगम (निर्वाचित) – नेपाली कांग्रेस, ७९३८
लालतारा अधिकारी, (पराजित) -नेपाल कम्युनिष्ट पार्टी (एमाले), ७७९१

३) पनौती नगरपालिका
प्रमुख

रामशरण भण्डारी, (निर्वाचित) -नेपाली कांग्रेस, १४०५०
भीम न्यौपाने, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ११७८३
उपप्रमुख
गीता बन्जारा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), १२३३७
छवीलाल हुमागाई, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), १०३८८

४) पाँचखाल नगरपालिका
प्रमुख

महेश खरेल – नेपाली कांग्रेस, ८३३२ (अग्रता)
कंचन अधिकारी (पछ्याउँदै) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४५८९
उपप्रमुख
चेतप्रसाद गौतम (अग्रता) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६०६०
सूर्यमाया दनुवार (पछ्याउँदै) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५३५६

५) नमोबुद्ध नगरपालिका
प्रमुख

कुनसाङ लामा (निर्वाचित) – नेपाली कांग्रेस, ११२११
राजन भुर्तेल (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८२२
उपप्रमुख
रत्नबहादुर लामा (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ८१८७
सम्झना लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६५४३

६) मण्डनदेउपुर नगरपालिका
प्रमुख

टोकबहादुर तामाङ (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), ९४०६
बिदुरप्रसाद सापकोटा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ८३५१
उपप्रमुख
विष्णुमणी नेपाल (निर्वाचित) – नेपाली कांग्रेस, ११३०५
सरिता ढकाल (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले),६९२४

७) खानीखोला गाउँपालिका

अध्यक्ष
ईन्द्रबहादुर थिङ, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४४८५
शेखर लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१५६
उपाध्यक्ष, (निर्वाचित)
दोर्जेमान जिम्वा (निर्वाचित) – नेपाली कांग्रेस, ४३२८
रुकमेणी गुरुङ, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले),२९८७

८) चौरी देउराली गाउँपालिका

अध्यक्ष
रेणुका चौलागाईं, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६२२८
जितराम लामा, (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५४६३
उपाध्यक्ष, (निर्वाचित)
शेरबहादुर लामा (तामाङ), (निर्वाचित)  – नेपाली कांग्रेस, ७२१९
बविता खरेल (गौतम) (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५४९

९) तेमाल गाउँपालिका, 

अध्यक्ष, 
चन्द्रबहादुर तामाङ, (निर्वाचित) – नेपाली कांग्रेस, ७०७७
इन्द्रबहादुर तामाङ (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५८७०
उपाध्यक्ष
दलमान थोकर (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६५५१
सम्तेन थिङ (पराजित) –  नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४९५२

१०) भुम्लु गाउँपालिका
अध्यक्ष

प्रेमबहादुर भुजेल (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ५७९२
प्रेमकुमार लामा (दोङ) (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४५६८
उपाध्यक्ष (निर्वाचित)
जितेन्द्रमान तामाङ, (निर्वाचित) – नेपाली कांग्रेस, ६०९८
कल्पनाकुमारी श्रेष्ठ (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ४०२९

११)  बेथानचोक गाउँपालिका
अध्यक्ष (निर्वाचित)

भगवान अधिकारी
नेपाली कांग्रेस, ६०१९
कमलप्रसाद तिमल्सिना (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१६०
उपाध्यक्ष
तारा राना तिमल्सिना (निर्वाचित)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ४४९८
सरला लामिछाने (केसी) (पराजित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३५७३

१२) रोशी गाउँपालिका
अध्यक्ष

दिनेश लामा , (निर्वाचित) – नेपाली कांग्रेस, ७५३४
देव सागर लामा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ६३५८
उपाध्यक्ष
मिमबहादुर वाईवा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), ६६७२
बबिता बोहरा (क्षेत्री), (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५९४३

१३) महाभारत गाउँपालिका
अध्यक्ष

कान्छालाल जिम्वा, (निर्वाचित) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),४८९१
पूर्णबहादुर वाइवा (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), ३१९५
उपाध्यक्ष
सागर मोक्तान (निर्वाचित) – नेपाली कांग्रेस, ४१६९
शान्ति तितुङ राना मगर (पराजित) – नेपाल कम्युनिष्ट पार्टी (एमाले), १५३०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस