एमालेबाट निर्वाचित बनेपाका जनप्रतिनिधिद्वारा सपथ ग्रहण बहिष्कार

काभ्रे : जिल्लाको बनेपा नगरपालिकामा  नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले  बहिष्कार गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित उप–प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरुसँग सल्लाह नै नगरी सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएकाले उक्त कार्यक्रमको बहिष्कार गरिएको नेकपा एमालेबाट नवनिर्वाचित बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले जानकारी दिइन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित शान्ति रत्न शाक्य, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग सपथ लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस