छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक प्रहरीको नियन्त्रणमा

गुल्मी : गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।

उनका अनुसार उनीहरूले नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई गत बिहीबार पक्राउ गरेको हो।  बस्यालले गत वर्ष भदौदेखि र भट्टराईले गत माघदेखि नाबालिगमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रहरी उपरीक्षक दाहालले बताए।

उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस