उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु
आइतबार, जेठ ०८, २०७९ | १५:३७:५२
उदयपुर : उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा चटयाङ लागेर नीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा बसिरहेको बेला वर्षातसँगै परेको चट्याङले बुढाथोकीको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर घाइते बुढाथोकीको उपचारको क्रममा मध्याह्न मृत्यु भएकोहो ।