काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं ११ मा नेपाली काँग्रेसका उम्मेदवार हिराकाजी श्रेष्ठ भारी मतले बिजयी भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार श्रेष्ठले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नविन तामाङलाई ३ सय ४७ मतले पराजित गरेका हुन् । वडा अध्यक्ष पदमा श्रेष्ठले ९ सय १६ मत प्राप्त गरेका छन् भने तामाङले ५ सय ६९ मात्र मत प्राप्त गरेका थिए ।
त्यसैगरी निर्वाचित महिला सदस्यहरुमा महिला सदस्य सुमित्रा खरेलले ८ सय ९६, दलित महिला सदस्य एलिसा वि.कले ९ सय १२ मत प्राप्त, खुल्ला सदस्य बिष्णु वहादुर श्रेष्ठले ८ सय ८७ मत प्राप्त र खुल्ला सदस्य रोहीत लामाले ८ सय ७९ मत प्राप्त गरी काँग्रेसको पुरै प्यानल बिजयी भएको छ ।



















