बनेपामा एमालेले आफ्ना जनप्रतिनिधिलाई छुट्टै सपथ ग्रहण गराउने

काभ्रे : नेकपा एमालेबाट निर्वाचित बनेपाका जनप्रतिनिधिलाई छुट्टै सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको एमालेले आफ्नो उम्मेदवारलाई छुट्टै सपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

नगर कमिटी अध्यक्ष रत्न कुश रञ्जितकारद्वारा हस्ताक्षरित विज्ञप्तीमा ठूलोको हिसाबले आफुहरूसंग कुनै सल्लाह नगरी सपथग्रहण कार्यक्रम राखेकाले एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरिएको कुरा उल्लेख गरिएको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीले आजै सपथ खुवाउने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस